१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २५ आइतबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २५ आइतबार १३:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२७ जिल्लामा सुकुमबासीको लगत संकलन गर्दै भूमि आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २५ आइतबार १३:१७:oo

राष्ट्रिय भूमि आयोगले देशभरका सुकुमबासीको लगत संकलन गर्ने भएको छ। आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी १८ माघदेखि  २७ जिल्लाका स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्न लागेको हो। 

आयोगले ३५ दिने सूचना जारी गरेर ती जिल्लाका विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेस गर्न आयोगले आह्वान गरेको छ।

सूचनामा आफूले आवाद कमोत गरेको जग्गाको नापनक्सा सम्बन्धित नापी टोली खटिएपश्चात् गराउन पनि भनिएको छ। त्यस्तै यसअघि निवेदन दिइसकेकाहरूले निस्सा लिन र जग्गा नापजाँच गराउन सम्पर्क  राख्नसमेत आयोगले अनुरोध गरेको छ।