मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २५ आइतबार
  • Wednesday, 18 December, 2024
२o७८ पौष २५ आइतबार १३:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलात्कारको घटनामा आर्थिक लेनदेन, जनप्रतिनिधिसहित पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २५ आइतबार १३:१२:oo

बलात्कारको घटना आर्थिक लेनदेनमा मिलापत्र गराएको आरोपमा प्रहरीले वडा सदस्यसहित पाँचजनालाई पक्राउ गरेको छ। डेढ सातायता आरोपित पाँचजनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घोडाघोडी नगरपालिका– ४ का वडा सदस्य ४५ वर्षीय लक्ष्मीरुद्र न्यौपाने, स्थानीय एक निजी विद्यालयमा कार्यरत शिक्षक ५३ वर्षीय होमप्रसाद सुवेदी, पूर्ववडा सचिव ५३ वर्षीय यज्ञराज आचार्य र ३४ वर्षीय राजु भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। ‘उनीहरूले आर्थिक लेनदेन गराएर घटना गाउँमै मिलाएको भन्ने कुरा आएको छ। आरोपितमाथि अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने।

जबर्जस्ती करणीका अभियुक्त ३० वर्षीय प्रकाश सुवेदी पनि पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका– ४ की ७७ वर्षीया वृद्धालाई गत १५ मंसिरमा सुवेदीले रक्सी खाएर बलात्कार गरेको आरोप लागेको छ। पीडितलाई तीन लाख रुपैयाँ दिने सहमतिमा घटना गाउँमै मिलापत्र गरिएको बुझिएको प्रहरीले जनाएको छ। पीडितले दुई लाख रुपैयाँ मात्र दिएको र एक लाख रुपैयाँ नदिएपछि घटना बाहिर आएको बुझिएको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले घटना मिलापत्र गराउन खोजेको आरोपमा पीडित पक्षबाट नौजनाविरुद्ध किटानी जाहेरी आएको बताए। उनले अभियुक्त चार जनाको पनि खोजी भइरहेको बताए। ‘तीन लाख दिएर घटना मिलाएको सुनिएको छ। दुई लाख रुपैयाँ दिएको र एक लाख रुपैयाँ पछि दिउँला भने, तर दिएनछन्,’ शाहीले भने, ‘घटना अलि अगाडिको रहेछ, प्रहरीमा ढिलो गरी जाहेरी आयो।’ घटनालाई मिलाउन दबाब दिने र लुकाउन मद्दत गरेको भनेर पीडितले किटानी जाहेरी दिएका थप चारजनाको खोजी गरिरहेको उनले बताए।