मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २४ शनिबार
  • Tuesday, 17 December, 2024
गणेश लम्साल विराटनगर
२o७८ पौष २४ शनिबार १६:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समय नपुग्दै जन्मिएका शिशुहरूको निःशुल्क उपचार गर्दै विराटनगर आँखा अस्पताल 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ पौष २४ शनिबार १६:o६:oo

विराटनगरस्थित विराटनगर आँखा अस्पतालले नौ महिना नपुगी जन्मिएका शिशुहरूमा हुने दृष्टि समस्या समाधान गर्न निःशुल्क उपचार अभियान थालेको छ । 
समय नपुगी सात–आठ महिनाभित्रै जन्मेर सघन उपचार कक्षमा राखिएका शिशुहरूमा देखिने आँखासम्बन्धी समस्या समाधान गर्न विराटनगर आँखा अस्पतालले  निःशुल्क उपचार अभियान थालेको हो । 

समयअगावै जन्मिएका बच्चाहरूमा हुने दृष्टिसम्बन्धी समस्याको उपचार गराउन विराटनगर आँखा अस्पतालले हरेक १० हप्तामा अस्पतालमा दृष्टि आरओपी क्लिनिक सञ्चालन गर्न थालेको अस्पालका कार्यक्रम निर्देशक सुधिर ठाकुरले बताए  ।  

उनका अनुसार विराटनगर महानगरपालिमा रहेका निजी र सरकारी अस्पतालहरूको सघन उपचार कक्षमा पुगेर नियमित बच्चाहरू जाँच गर्न पनि थालिएको छ । 
विराटनगर आँखा अस्पतालकी नेत्र चिकित्सक डा. रक्षा पन्तका अनुसार समय नपुगी जन्मिएका बच्चाहरूमा ‘रेटिनोप्याथी अफ अनम्याचुरेटी (आरओपी)’ समस्या हुने गर्दछ । उनका अनुसार अवधि नपुगी जन्मिएका शिशुहरूमा सबै अंगको पूर्ण विकास भएको हुँदैन । त्यसैले, आँखाको रेटिना (आँखाको पर्दा) पनि पूर्ण रूपमा विकास भएको हुँदैन । त्यस्तो समस्याको समयमै उपचार नभएमा बच्चाहरूको आँखाको ज्योति पूर्ण रूपमा गुम्ने खतरा हुन्छ । विराटनगर अस्पतालले जाँच गरेका दुई सय बच्चामध्ये दशजनामा आरओपी समस्या फेला परेको छ । 

विराटनगर अस्स्पतालले  आरओपी समस्या देखिएका बच्चाहरूको पर्दालाई तत्कालै उच्चस्तरीय आधुनिक मेसिन प्रयोग गरेर पर्दा हटाइदिने गरेको छ । थप उपचार गर्नुपर्ने भए अस्पतालमा बोलाएर निःशुल्क उपचार गरिदिने गरेको छ । नेपालमा जन्मने बच्चाहरूमध्ये २५ प्रतिशत बालबालकाहरूमा रेटिनोप्याथी अफ अनम्याचुरिटी (आरोपी) समस्या हुने गरेको तथ्यांक छ । 

सूक्ष्म दृष्टि भएकाहरूका लागि विशेष किचन 

विराटनगर आँखा अस्पतालले सूक्ष्म दृष्टि भएकाहरूका लागि विशेष प्रकारको डेमो किचन पनि सञ्चालनमा ल्याएको छ  । विराटनगर रानीस्थित अस्पताल भवनमा अलग्गै सूक्ष्म दृष्टि उपचार केन्द्र सुरु गरेर अस्पतालले सूक्ष्म दृष्टि भएकाहरूलाई बुझाउन विशेष प्रकारको डेमो किचन सञ्चालनमा ल्याएको हो । कार्यक्रम निर्देशक सुधिर ठाकुरका अनुसार अस्पतालमा उपचार गराउन आउने सूक्ष्म दृष्टि भएका विरामीहरूलाई डेमो किचनमा लगेर आवश्यक प्रशिक्षण पनि दिने गरिएको छ । 

डेमो किचनमा प्रकाशलाई तुलना गरेर अलग–अलग प्रकारका रंगीचंगी भाँडाकुँडा, बेसिन, चुल्हो, खाद्यान्न र मसलाका डब्बाहरू राख्ने उचित व्यवस्थासहितको संरचनाहरू निर्माण गरिएका हुन्छन् । जसले गर्दा सूक्ष्म दृष्टि भएकाहरूलाई आफैँ आत्मनिर्भर भएर काम गर्न सहयाेग पुग्ने गर्दछ ।