१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २४ शनिबार
  • Saturday, 28 September, 2024
रासस
२o७८ पौष २४ शनिबार १४:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
रासस
नयाँ पत्रिका
२o७८ पौष २४ शनिबार १४:५२:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । 

तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील समाजले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विकास निर्माणको अनावश्यक जस लिने होडमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति बढ्दै गएकाले त्यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । 

मन्त्री श्रेष्ठले विकास निर्माणमा सहकार्य गर्नुपर्ने उल्लेख गर्दै विकासमा सबैले सहकार्य गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । उनले कोरोनाका कारण धेरै विकास निर्माणका काम अवरुद्ध भएको बताउनुभयो । “सबैलाई विकास चाहिएको छ, त्यसतर्फ सबै राजनीतिक दलबीच सहकार्य गरौँ”, उनले भने, ‘म जे बोल्छु त्यो पूरा गरेरै छाड्छु ।’

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाने युवालाई दुःख दिने दलाललाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे।