१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २३ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७८ पौष २३ शुक्रबार १२:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गोरखा प्रज्ञा प्रतिष्ठान गठन हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २३ शुक्रबार १२:५९:oo

गोरखा नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरेको छ । गोरखाको कला, संस्कृति तथा गीत–संगीतको जगेर्ना र विकास गर्ने उद्देश्यले नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्न लागेको नगर प्रमुख राजनराज पन्तले जानकारी दिए ।

केही दिनअघि सम्पन्न कार्यपालिका बैठकले प्रज्ञा प्रतिष्ठान गठन गर्ने निर्णय गरी मस्यौदा तयार गर्न वडा नं. २ का अध्यक्ष रहमतुल्ला मियाँको अध्यक्षतामा मस्यौदा समिति गठन गरेको उनले जानकारी दिए । समितिले तयार गरेको मस्यौदा आसन्न कार्यपालिकाको बैठकले अनुमोदन गरी माघ ७ गते हुने हिउँदे सभाले अनुमोदन गर्ने पनि उनले बताए । मस्यौदा निर्माणको काम धमाधम भइरहेको मस्यौदा समितिका संयोजक मियाँले जानकारी दिए ।

आफ्नो नेतृत्वको पाँच सदस्यीय समितिले मस्यौदा तयार गरी पासका लागि बैठकमा पेस गर्ने र बैठकबाट पनि पास भइसकेपछि सभामा पेस गर्ने उनले बताए । ‘हिउँदे सभाले अनुमोदन गरेपछि प्रज्ञा प्रतिष्ठान गठन कार्यान्वयनको चरणमा जानेछ,’ मियाँले भने, ‘केही महिनाभित्रै गोरखा नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान पाउनेछ ।’

गोरखा प्रज्ञा प्रतिष्ठानले गोरखा नगरपालिकाभित्रका साहित्यकार र साहित्यको उत्थान र यहाँ प्रचलित लोकगीत, संगीत, ललितकला तथा अन्य विविध कलाको प्रवर्द्धनलाई केन्द्रमा राखेर  काम गर्ने अध्यक्ष मियाँले बताए ।

ad
ad
ad
ad