१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २२ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७८ पौष २२ बिहीबार १८:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

तीनबुँदे कार्यान्वयन नभए संघर्ष गर्छाैँ : प्रकाण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २२ बिहीबार १८:२३:oo

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं प्रवत्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरे पुनः संघर्षमा उत्रने चेतावनी दिएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी दैलेखले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै (प्रकाण्ड) ले भने, ‘तीनबुँदे सहमति हामीहरूले तत्कालीन सरकारका प्रधानमन्त्री के.पी. ओलीसँग नभई राज्य सञ्चालनको बागडोर सम्हालेका व्यक्तिसँग अर्थात् सरकारसँग गरेका हौँ, त्यतिवेला पनि कार्यान्वयनमा वास्ता गरिएन, वर्तमान सरकारले पनि सहमति कार्यान्वयनमा ध्यान दिएको छैन ।’ 
उनले तीनबुँदे सहमतिलाई तत्कालीन समयमा प्रचण्डले गरेको  १२ बुँदे सहमतिजस्तो नसम्झन पनि आग्रह गरेका छन् । ‘अहिलेको तीनबुँदे सहमतिलाई १२ बुदेसँग तुलना गर्नै मिल्दैन । १२ बुँदे र तीनबुँदेमा आकाश पाताल फरक छ,’ उनले भने । 

नेपालमा अहिले कुनै मन्त्रालयको जिएम नियुक्त गर्दा पनि भारतको चासो हुने बताउँदै आफूहरूले कुनै विदेशी प्रभावमा परेर सहमति नगरेको बताउँदै उनले भने, ‘तर, हामीले तीनबुँदे सहमति गर्दा कुनै पनि विदेशीलाई साक्षी राखेका होइनौँ नेपालको उन्नति र प्रगति, शान्ति र स्थिरता कायम गर्नका लागि गरेका हौँ ।’  

हिजोका दिनहरूमा आमनेपाली जनताले बगाएको रगत र पसिनाले केही एजेन्डाहरू पारित भए पनि एजेन्डा कार्यान्वयन गर्ने व्यक्तिहरू विदेशीको इसारामा नाचेको र आफन्त र नातावादमा फसेकाले आफूहरूले नयाँ व्यवस्थाको माग गरेको नेता प्रकाण्डको भनाइ छ ।  

सिंहदरबारको अधिकार गाउँ नआएर भ्रष्टाचार गाउँसम्म आएको  बताउँदै उनले भने, ‘केन्द्रमा हुने भ्रष्टाचार गाउँमा पुगेको छ । प्रजातन्त्र जनताको जीवनमा देखिनुपर्ने हो ।’ नागरिकको स्थिति ज्युँकात्युँ राखेर केन्द्रदेखि स्थानीय सरकार सञ्चालकले आफ्नो मर्जी गर्ने गरेको प्रकाण्डको आरोप छ । 

विभिन्नपटकका चुनावबाट ‘देश लुट्ने गिरोह’ मात्र जन्मिने गरेकाले चुनावको कुनै अर्थ नभएको प्रकाण्डको भनाइ छ । अहिलेका सरकार सञ्चालकहरूले एमसिसी पास गरे जनताको अघि नेताहरू मुख देखाउन पनि लायक नहुने र जनताले नै तिरस्कार गर्ने उनको दाबी छ । 
 

ad
ad
ad
ad