१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २२ बिहीबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २२ बिहीबार १६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘पर्पला’को फर्स्ट लुक सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २२ बिहीबार १६:५५:oo

अस्ट्रेलियामा बनेको फिल्म ‘पर्पला’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। अस्ट्रेलियामा बस्ने नेपालीहरूकै जीवनमा घटेका विभिन्न घटनाक्रमबाट प्रभावित भएर फिल्मको लेखन तथा निर्माण गरेको लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए।

हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित थ्रिलर हरर फिल्मको सम्पूर्ण छायांकन अस्ट्रेलियामा रहेको र दोस्रो चरणको छायांकन छिट्टै गरेर बजारमा ल्याउने निर्माण पक्षले बताएको छ। निर्माता तथा कलाकार भानु प्रतापले अस्ट्रेलिया बसाइको क्रममा त्यहाँको टिमसँग मिलेर  ‘पर्पला’को निर्माण गरेका हुन्। अधिकारीले अस्ट्रेलियामा बनेको पहिलो नेपाली फिल्म ‘ऋतु’ को निर्माण तथा निर्देशन गरेका थिए। उनले अस्ट्रेलियन (हलिउड) फिल्म ‘गर्ल एडिक्टेड’ को पनि निर्देशन गरिसकेका छन्।

फिल्ममा पुकार गौतम, निखिला बुढाथोकी, रोजी पन्त, प्रेक्ष्या अधिकारी, अस्ट्रेलियन कलाकार ओल्गा तमरालगायतका कलाकारले अभिनय गरेका छन्।

आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रिन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन्। अस्ट्रेलियन छायाकार कास्मिर डिक्सनले छायांकन गरेको फिल्मको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन्। रवीन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइली, छवि अधिकारी, सरोजकुमार वाइबा निर्माता रहेका छन्। सरस्वती गौतम, सिर्जना ल्वागुन, भीमराज रसाइली, वचनकुमार मल्ल फिल्मको सहनिर्माता रहेका छन्।

ad
ad
ad
ad