१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २२ बिहीबार
  • Wednesday, 03 July, 2024
फाइल फोटो ।
गणेश लम्साल विराटनगर
२o७८ पौष २२ बिहीबार १४:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुट अन्त्य गरेर निर्वाचनमा गए मात्र कांग्रेस पहिलो पार्टी बन्छ : डिला संग्रौला  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ पौष २२ बिहीबार १४:४o:oo

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गुट अन्त्य गरेर निर्वाचनमा गए मात्र पार्टीले जित हासिल गर्न सक्ने बताएकी छिन्। प्रेस युनियन मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको  पत्रकार सम्मेलनमा नेता संग्रौलाले पार्टीको महाधिवेशन सकिइसकेकाले गुट–उपगुट बिर्सेर तीनै तहको निर्वाचनमा जुटे मात्र पार्टीले जित हासिल गर्न सक्ने बताइन्।

गुट–उपगुट कायमै राखेर निर्वाचनमा गए कांग्रेसले लज्जास्पद हार व्यहोर्ने भन्दै उनले महाधिवेशनको इगो नराख्न उनले आग्रह गरिन्। उनले भनिन्, ‘तीनै तहको निर्वाचन नजिकै आइसकेको छ। यसैले कांग्रेसलाई पहिलो पार्टी बनाउन सबैले गुट–उपगुट त्याग गर्नुपर्छ।’

नेता संग्रौलाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गर्न नहुने बताइन्। उनले भनिन्, ‘गठबन्धनबाट चुनाव लडे कांग्रेस फेरि पनि दोस्रो पार्टी बन्नेछ।’ दुईतिहाइ मत पाएर पनि सरकार सञ्चालन गर्न असफल भएबाट कम्युनिस्टहरूले मुलुकको नेतृत्व गर्न सक्दैनन् भन्ने सिद्ध भइसकेको भन्दै उनले अब देशको नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने दाबी गरिन्।

ad
ad
ad
ad