मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ पौष २२ बिहीबार १०:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओमिक्रोन : खतराको घन्टी बज्नुअघि नै  उच्च सतर्कता अपनाउन प्रदेश १ सरकारको निर्देशन 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ पौष २२ बिहीबार १०:३९:००

पूर्व र दक्षिण दुवैतिर भारतसँग खुला सिमाना भएकाले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलन नदिन प्रदेश १ सरकारले छलफल थालेको छ । नयाँ भेरियन्ट ओमिक्रोन भारतमा तीव्र रूपले फैलिरहेकाले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले रोकथाम र नियन्त्रणमा सक्रिय गराउन बुधबार सरोकारवाला निकायहरूसँग  छलफल थालेका हुन् । 

छलफलमा सहभागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सम्बन्धित मन्त्रालयका कर्मचारीहरू सबैलाई खतराको घन्टी बज्नुअघि नै सबै प्रकारको तयारी गर्न मुख्यमन्त्री राईले निर्देशन गरे । उनले नयाँ भेरियन्ट देखा परेको अवस्थामा सरकारी मात्र होइन, सबै प्रकारका संयन्त्र परिचालन गर्न निर्देशन दिए ।

सामाजिक विकासमन्त्री जयराम यादवले नयाँ भेरियन्ट फैलन नदिन भिडभाड हुने कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिडविरुद्धको अभियानमा महानगरपालिका प्रदेश सरकारसँगै रहेर रोकथाम र नियन्त्रणमा साथ दिने बताए ।