१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १४:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

फेसबुक ह्याक गरी रकम ठगी गर्ने पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:१३:oo

विभिन्न व्यक्तिहरूको फेसबुक ह्‍याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका– १० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

सर्वसाधारणलगायत उच्चपदस्थ व्यक्तिहरूका फेसबुक आइडी ह्‍याक गरी आइडीको दुरुपयोग गरी आइडीमा भएका साथीहरूसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

उनीउपर ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

ad
ad