१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २० मंगलबार
  • Wednesday, 03 July, 2024
गणेश लम्साल विराटनगर
२o७८ पौष २० मंगलबार १६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश १ मा राष्ट्रिय सभाको तीन सिटका लागि आठजनाको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ पौष २० मंगलबार १६:२६:oo

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा पाँचदलीय गठबन्धन, एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्च गठबन्धनबाट तीन, एमालेबाट तीन र राप्रपाका दुई उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।

गठबन्धनबाट कांग्रेसका झापानिवासी गोपालबहादुर बस्नेतले ‘अन्य’, एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राईले ‘महिला’ र जसपाबाट भोजपुरकै हेमराज राईले ‘आदिवासी’तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। यसैगरी एमालेबाट मोरङका गुरु बरालले ‘अन्य’, झापाकी सुमित्रा भण्डारीले ‘महिला’ र सोलुखुम्बुका ग्यालजेन शेर्पाले ‘आदिवासी–जनजाति’बाट उम्मेदवारी दर्ता गराएका हुन्। राप्रपाबाट झापाका अमर विष्टले ‘अन्य’ र झापाकै रञ्जु प्याकुरेलले ‘महिला’कोटामा उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश १ मा एक सय ३७ पालिकाका प्रमुख र उपप्रमुखमध्ये एमालेका दुईजनाको मृत्यु भएकाले जम्मा दुई सय ७२ मतदाता छन्। प्रदेश सभाका जम्मा ९२ प्रदेश सांसद पनि मतदाता हुन्छन्। सांसदको मतभार ४८ र प्रमुख र उपप्रमुखको १८ हुने भएकोले प्रदेश १ मा गठबन्धनको चार हजार ६ सय ६८, एमालेको चार सय ५२ र राप्रपाको एक सय २० मतभार छ।

ad
ad
ad
ad