काठमाडौंमा बसको ठक्करबाट स्कुटरचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका– ९ तिलगंगा पिङलास्थानमा बा.५ख १५३८ नम्बरको बसले बागमती प्रदेश–०२–०२१ प १९३५ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहान काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटना गराउने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।