मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका अर्घाखाँची
२०७८ पौष २० मंगलबार ०७:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अब गुटरहित कांग्रेस बन्छ : गगन थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
२०७८ पौष २० मंगलबार ०७:२२:००

पाणिनि गाउँपालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लक्ष्मी गौतम कांग्रेस प्रवेश

कांग्रेस महामन्त्री गगन थापाले अब पार्टीभित्र गुट र भागबन्डाको अन्त्य हुने बताएका छन् । कांग्रेसको पाणिनि गाउँपालिका समितिले दुर्गाफाँटमा गरेकोे सभामा महामन्त्री थापाले भने अब गुट र भागबन्डाको अन्त्य गर्दै विधानसम्मत ढंगले पार्टी चल्ने बताएका हुन् । 

‘हिजो जे भयो भयो, अब हामीलाई पार्टीलाई विधानसम्मत रूपमा चलाउनेछौँ,’ उनले भने, ‘गुटबन्दी अन्त्य हुनेछ । भागबन्डाका आधारमा पार्टीमा लेनदेन चल्नेछैन ।’ उनले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश र संघको निर्वाचन हुने भएकाले तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे । 

कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दल सचेतक पुष्पा भुसालले केपी ओलीका कारण मुलुक पछाडि धकेलिएको दाबी गरिन् । ‘ओलीले दुई–दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरी मुलुकलाई अँध्यारो सुरुङभित्र प्रवेश गराउन खोजे । हामीले लड्यौँ, सर्वोच्च अदालतले पुनस्र्थापना गरिदियो । अहिले फेरि त्यही एमाले पटक–पटक संसद् अवरुद्ध गरेर महत्वपूर्ण निर्णय हुन दिइरहेको छैन,’ उनले भनिन्, ‘एमालेकै कारण मुलुक पछाडि परेको छ ।’

एकीकृत समाजवादीका केन्द्रीय सदस्य लक्ष्मी गौतम कांग्रेस प्रवेश

कार्यक्रममा पाणिनि गाउँपालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लक्ष्मी गौतम कांग्रेस प्रवेश गरिन् । ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट पाणिनि गाउँपालिका उपाध्यक्षमा निर्वाचित गौतमले एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेकी थिइन् ।