१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १८ आइतबार
  • Monday, 01 July, 2024
एजेन्सी
२o७८ पौष १८ आइतबार १८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

सुलेमानीको हत्यामा अमेरिकालाई कारबाही गर्न युएनसँग इरानको माग 

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ पौष १८ आइतबार १८:४५:oo

सैनिक जनरल कासिम सुलेमानीको हत्या प्रकरणमा इरानले अमेरिकाविरुद्ध औपचारिक कारबाही गर्न संयुक्त राष्ट्रसंघसमक्ष माग गरेको छ। इरानले ‘क्वाड्स फोर्स अफ द इस्लामिक रिभोलुसनरी गार्ड कर्पस’का तत्कालीन कमान्डर कासिम सुलेमानी कूटनीतिक मिसनमा इराकको राजधानी बगदादमा रहेका वेला अमेरिकी ड्रोन हमलामा परेको बताउँदै आएको छ।  युएनलाई पठाइएको पत्रमा अमेरकी सरकारको निन्दा गर्न र भविष्यमा यस्ता कदमहरूलाई हतोत्साही गर्नका लागि युएनले ‘आफ्नो सबै शक्ति लगाउन’ इरानको राष्ट्रपति कार्यलयले माग गरेको छ। 

पत्रमा अमेरिकी सरकारले वर्षौँदेखि ‘अत्यधिक एकपक्षवाद’को प्रदर्शन गरेको र त्यसले अमेरिकालाई अन्तर्राष्ट्रिय कानुन र सम्झौताहरूको उल्लंघन गर्ने शक्ति मिलेको उल्लेख गरिएको छ।  जनवरी ३  मा सुलेमानीको मृत्यु भएको दुई वर्ष पुग्न लाग्दा इरानले युएनलाई पत्र पठाएको हो। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानी ‘आतंकवादी’ भएको र ‘निकै पहिले नै समाप्त पारिनुपर्ने’ बताएका थिए। अमेरिकी हमलामा परी इराकका कमान्डर अबु महदी अल–मुहान्दीससहित अन्य कैयौँको मृत्यु भएको थियो। युएनले गैरन्यायिक हत्यासम्बन्धी गत जुलाईमा निकालेको एक रिपोर्टले सुलेमानीको हत्या ‘गैरकानुनी’ र ‘मनोमानी’ भएको र युएन चार्टरको उल्लंघन गरेको निष्कर्ष निकालेको थियो। 

इन्टरपोलसँग पनि अनुरोध 
गतवर्ष इरानले इन्टरपोलसँग ट्रम्पसहित दर्जनौँ अमेरिकी अधिकारीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न अनुरोध गरेको थियो। इराकी अदालतले ट्रम्पविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको थियो। सुलेमानीको हत्याले अमेरिका र इरानबीच युद्धको स्थिति निर्माण गरेको थियो। ‘आइआरजिसी’ले इराकमा रहेको अमेरिकी आधार इलाकामा १२ वटा मिसाइल हानेको थियो। उक्त मिसाइलका कारण अमेरिकी सेनाको मृत्यु नभए पनि १०० जनाभन्दा बढी अमेरिकी सेनाको मस्तिष्कमा गम्भीर चोट पुगेको बताइएको थियो। सुलेमानीको मृत्युपश्चात अमेरिकाविरुद्ध ‘निर्मम बदला’ लिने अभिव्यक्ति दिएका इरानका शीर्ष नेता आयोतल्लाह खोमेनीले आइतबार सुलेमानीको हत्यामा संलग्नहरूले ‘मूल्य चुकाउनुपर्ने’ बताएका छन्।
 

ad
ad
ad
ad