१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १८ आइतबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १८ आइतबार o८:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक वर्षमा लगानीकर्ताको सम्पत्ति साढे सात खर्ब बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १८ आइतबार o८:३८:oo

सन् २०२१ मा नेपाली सेयर लगानीकर्ताको सम्पत्तिमा सात खर्ब ५९ अर्बले वृद्धि भएको छ । सन् ०२० को अन्त्यमा कुल बजार पुँजीकरण २८ खर्ब आठ अर्ब रुपैयाँ रहेकोमा २०२१ को अन्त्यमा ३५ खर्ब ६७ अर्ब रुपैयाँले बढेको छ । 

सेयर संख्यामा भएको वृद्धिका कारणबाट मात्र नभई सेयर बजारमा भएको वृद्धिले पनि लगानीकर्ताको सम्पत्तिमा श्रीवृद्धि भएको हो । नेप्से करिब २१ प्रतिशत अर्थात् चार सय ३७ अंकले बढ्दा लगानीकर्ताको सम्पत्ति पनि बढेको हो । एक वर्षमा मात्रै १८ खर्ब ९८ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । जबकि सोभन्दा अघिल्लो वर्ष कारोबार रकम तीन गुणाले बढेको हो । अघिल्लो वर्ष चार खर्ब ८२ अर्ब रुपैयाँको कारोबार भएको हो । 

गत वर्ष विकास बैंक र वित्त कम्पनी समूहमा सबैभन्दा धेरैले वृद्धि भएको छ । लगानी समूहको वर्गीकरण गत वर्षको दोस्रो महिनाबाट भएकाले पनि यो ऋणात्मक देखिएको छ ।  गत वर्ष बजारले हालसम्मकै उच्च बिन्दु तीन हजार एक सय ९८ बिन्दु समात्यो । कोभिडका कारण वेला–वेला भएको लकडाउनले समुदायका हरेक तप्कालाई बजारतर्फ केन्द्रित गर्‍यो । फलस्वरूप बजारमा कारोबार रकममा मात्रै व्यापकता आएन, बजारले नयाँ उचाइ भेट्यो ।  

अधिंकाश कम्पनीहरूको लाभांश दरमा कमी आए पनि वर्षको सुरुमा लगानी गरेकालाई मूल्य परिवर्तनबाट राम्रै लाभ पुगेको देखिन्छ । यद्यपि, बजारमा सेयर मूल्यमा चलखेलका घटनाहरू पनि सार्वजनिक भए । केही जलविद्युत् कम्पनीका संस्थापकहरूले हकप्रदको आस देखाउँदै सेयर बिक्री गर्ने प्रवृत्तिदेखि धितोपत्र बोर्ड तथा नेप्से प्रमुखहरूबाटै पनि गैरकानुनी र अनैतिक रूपमा सूचीकृत तथा सूचीकरण हुन बाँकी कम्पनीहरूमा लगानी रहेको भेटिए । राजनीतिक उथलपुथलको प्रभाव पनि बजारमा पर्‍यो । पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको चरम तरलता संकट र राष्ट्र बैंकबाट आएका कतिपय नियमको प्रभाव बजारमा रह्यो । सेयर धितोमा गरिएको कडाइ पनि यसैमध्येको एक हो । तरलता सहजताले पनि बजारमा पुनः सुधार हुँदै जाने अपेक्षा गर्न सकिन्छ । 

आगामी साता के होला बजार ? 
गत साता चार दिन कारोबार भएको बजारमा नेप्सेले चार दशमलव २७ अंक जोडेको छ । २६ सय १५ बिन्दु छोएर घट्न थालेको बजार साताको अन्तिम दिन बुधबार भने सामान्य बढ्यो । बजार घट्न थामिने संकेतहरू देखिएका छन् । साताको पहिलो दुई दिन इन्गल्फिङ बियरिस आकृति बनेको थियो । यसले बजार घट्ने मध्यम संकेत गर्छ । तर, त्यसपछिका दिन ह्याम्मर र डोजी आकृति बनेका छन् । यसले पुरानो बियरिस प्रवृत्ति रोकिन सक्ने संकेत गरे पनि यो कमजोर संकेत हो । आइतबारको कारोबार हेरेर लगानीको निर्णय गर्नु सही हुन्छ ।  

ad
ad
ad
ad