१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डा. प्रभाकर शाह जनरल सर्जन, कान्तिपुर अस्पताल 
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष १८ आइतबार ०७:३६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चिसोबाट  कसरी बच्ने ?

स्वास्थ्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष १८ आइतबार ०७:३६:००

बढ्दो चिसोसँगै शीतलहर र हिमपातले केही समययता जनजीवन प्रभावित बनिरहेको छ । चिसो मौसमले फ्लुलगायत स्वास्थ्य समस्या निम्त्याउँदा अस्पतालहरूमा बिरामीसमेत बढ्न थालेका छन् । खासगरी, बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित भइरहेका छन् । यस्तै, कोभिड संक्रमणका कारण गम्भीर बनेका वयस्कहरूमा समेत चिसोले चाँडै थप समस्या बढाउने जोखिम पनि छ । कोभिड संक्रमणको अर्को लहरको जोखिम बढेको र मौसमका कारणसमेत स्वास्थ्यमा समस्या देखिन थालेकाले विशेष ध्यान दिन आवश्यक छ । 

चिसोले विशेषगरी रुघाखोकी, ज्वरो, निमोनियाजस्ता समस्या पार्ने गर्छ । यसबाहेक दम, बाथ र अन्य दीर्घरोगीलाई पनि चिसो घातक हुन्छ । उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीमा मांसपेशीको दुखाइ र अत्यधिक कमजोरीपन देखिएको छ । त्यसैले चिसोबाट बच्न सावधानी अपनाउनुको विकल्प छैन । 

जथाभावी औषधि नखाऔँ
स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या जस्तै– ज्वरो, रुघाखोकी, झाडापखाला, श्वासप्रश्वासमा समस्या, शरीर दुखाइ, निमोनिया र दमको समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ । आफैँले जथाभावी औषधि सेवन गर्नुहुँदैन । 

तातो पानी, झोलजन्य खानेकुरा र सुप पर्याप्त खाऔँ 

चिसोबाट बच्ने पहिलो उपाय भनेको शरीर पूरै ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउने नै हो । चिसोमा वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू सकेसम्म अत्यधिक चिसो हुने स्थानमा जानुहुँदैन । 

- हिउँ खेल्ने र रमाइलोका लागि घुम्न जाने पर्यटकहरूमा चिसोले समस्या देखिने जोखिम बढेको छ । मौसम परिवर्तन र महामारीका कारण तुलनात्मक रूपमा सामान्य फ्लुमा पनि गम्भीर बिरामी पर्ने भएकाले सकेसम्म चिसोबाट जोगिनुपर्छ । 

- यस्तै, चिसोबाट बच्न आगो, हिटर बालेर कोठा बन्द गर्दा ज्यान जाने घटना पनि बढिरहेका छन् । तसर्थ, कोठा न्यानो बनाउँदा भेन्टिलेसनको व्यवस्था गर्न छुटाउनु हँुदैन । कोठामा पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गर्नुपर्छ । 

- आगो बालेको ठाँउमा बच्चाहरूलाई एक्लै छाड्नुहुँदैन । साथै, आगो बालेर छोड्दा आगलागीको जोखिम रहने हुँदा आगो निभाएर वा सुरक्षित राखेर सुत्नुपर्छ । 

- आमाको दूध खाने बच्चालाई नियमित स्तनपान गराउनुपर्छ । साथै, अन्य बालबालिका, वृद्धवृद्धा, गर्भवती र दीर्घरोगीमा खानपानको उचित व्यवस्था गर्नुपर्छ । चिसोमा सकेसम्म तातो पानी, झोलजन्य खानेकुरा र सुप पर्याप्त मात्रामा खानुपर्छ । जाडोका कारण पानी कम प्रयोगमा ल्याउँदा अन्य स्वास्थ्य समस्या निम्तिन सक्छन् ।