१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १७ शनिबार
  • Saturday, 06 July, 2024
२o७८ पौष १७ शनिबार o८:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसको ४६औँ राष्ट्रिय मेलमिलाप दिवस- ‘राष्ट्रियताको आयाम संघीयतालाई जोड्नु हो’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १७ शनिबार o८:o४:oo

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले परिवर्तित सन्दर्भमा राष्ट्रियताको आयाम संघीयतालाई जोड्नु भएको बताएका छन् । कांग्रेसको ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सुन्दरीजलस्थित बिपी संग्रहालयमा आयोजित कार्यक्रममा उनले सात प्रदेशबीचको मेलमिलापले राष्ट्रिय एकतालाई मजबुद बनाउने बताए । 

प्रधानमन्त्री देउवाले मुलुक संघीयतामा गइसकेकाले पहिले र अहिलेको मेलमिलापको सन्दर्भ फरक रहेको बताए । मुलुक संघीयतामा गइसकेको अवस्थामा विभिन्न जातजाति तथा धर्महरूको बीचमा मेलमिलापसहित राष्ट्रिय एकता र राष्ट्रिय मेलमिलापलाई अझ बलियो बनाउनु आवश्यक रहेको बताए । 

‘पहिलेकोे मेलमिलाप र अहिलेको मेलमिलापमा यसकारण फरक छ कि अहिले देश संघीयतामा गइसकेको छ । नेपाल समावेशी–समानुपातिक पद्धतिमा गइसकेको छ । संघीयतामा विभिन्न जातजाति र धर्मबीच मेलमिलाप आवश्यक छ । अहिलेको राष्ट्रियताको आयाम भनेको संघीयतामा गएको नेपाललाई जोड्ने हो, अझ मजबुद बनाउने हो । सबैको अधिकारलाई सुरक्षित गर्नुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘आज सात प्रदेशबीचको एकता आवश्यक छ । सात प्रदेशबीचको मेलमिलापले राष्ट्रिय एकतालाई मजबुद बनाउँछ । राष्ट्रिय एकता बलियो बनाउन लाग्नुस् । कांग्रेस पार्टीको नेतृत्वमा राष्ट्रिय एकतालाई अझ बलियो बनाउँछौँ । राष्ट्रिय मेलमिलाप अझ बलियो बनाउँछौँ । त्यसका लागि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्छ ।’ 

सुन्दरीजलमा पुगेर उनले कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंहलगायतको स्मरणसमेत गरेका थिए । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना दिने क्रममा सभापति देउवाले आन्दोलनमा बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महŒव रहेको बताएका थिए । उनले मेलमिलाप नीति अझै सान्दर्भिक र औचित्वपूर्ण रहेको उल्लेख गरे । ‘राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, संवाद, सहमति र सहकार्य सदैव आवश्यक हुन्छ । नेपाली कांगे्रसको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ,’ देउवाले शुभकामना दिने क्रममा भनेका छन् ।

त्यसैबीच, नेता शेखर कोइरालाले मेलमिलापको सान्दर्भिकता झनै बढेको बताएका छन् । मेलमिलाप दिवसका अवसरमा शुभकामना दिँदै उनले मेलमिलापको सान्दर्भिकता आज पनि कैयौँ गुणा बढिरहेको बताए । ‘जननायक बिपी कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलाप ४६ वर्षमा प्रवेश गरेको छ । आजको यस ऐतिहासिक अवसरमा कुनै पनि वाद र विवादभन्दा माथि मेलमिलापवादको खाँचो राष्ट्र निर्माणका लागि छ । मेलमिलापको सान्दर्भिकता आज पनि कैयन् गुणा बढेको छ । महाशक्ति राष्ट्रहरूको चलखेललाई निस्तेज पार्दै नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने चुनौती हाम्र‍ोसामु छ,’ कोइरालाले शुभकामना सन्देशमा छ ।

कांग्रेसले संस्थापक नेता बिपी कोइरालालगायत नेताहरू राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई स्मरण गर्दै मेलमिलाप दिवस मनाउँदै आएको छ । 

ad
ad
ad
ad