१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १६ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १६ शुक्रबार १५:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्युत् किन गइरहेको छ ? यस्तो छ कारण (भिडियो)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार १५:४o:oo

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या आएको बताएका छन्। शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने बताए। उनले विद्युत् सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमान्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताए। उनले काठमाडौं उपत्यकामा अब नाैवटा सबस्टेसन थपिँदै भएकोले उक्त सबस्टेसन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा दुई हजार मेगावाटको विद्युत् सप्लाई गर्न सक्ने बताए। प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मरहरू लोडअनुसार फेरिरहेको र केही फिडरहरूमा आगलागी भएको कारणले यी समस्या आइरहेको स्पष्ट पारे। 

‘विगत तीन–चार दिनदेखि विद्युत् आपूर्तिमा केही समस्याहरू देखियो भन्ने जनगुनासोहरू आयो। यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन, काठमाडौंमा मात्रै हो। यो सप्लाईको कारणले भएको समस्या होइन। सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति नभएको पनि होइन। काठमाडौंका सबै ठाउँमा यो समस्या आएको पनि होइन। केही ठाउँहरूमा मात्र समस्या भएको हो। हाम्रो विद्युतको बेलुकाको पिकलोड अहिले करिब १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट पिकलोड आइरहेको छ। त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ। अपर तामाकोसी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ। काठमाडौंमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वाभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाडौंको लोड बढेको छ,’ उनले भने। 

प्रमुख कार्यकारी निर्देशक घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरू परिवर्तन गरिसक्ने भएकोले विद्युत् जाने समस्या नहुने बताए। उनले केही स्थानमा त्यहाँका बासिन्दाहरूले सबस्टेसन बनाउन नदिएकोले पनि समस्या आउने गरेको भन्दै स्थानीयहरूले सबस्टेसन बनाउन दिन आग्रह गरे।