नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले जवाफ दिन सुरु गरेका छन्। बन्द सत्रमा प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बिहीबार विभिन्न २५ समूहले आफ्नो धारणा राखेका थिए। यस्तै, राम कार्की र लेखनाथ न्यौपानेले फरक मत राखेका थिए।