१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १४ बुधबार
  • Friday, 05 July, 2024
२o७८ पौष १४ बुधबार १६:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मनाङ हिउँले सेताम्य (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १४ बुधबार १६:o५:oo

हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । 

तापक्रम माइनस १३ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चिसो अत्यधिक बढेको छ । शनिबारदेखि आइतबारसम्म हल्का हिमपात भए पनि सोमबार  सदरमुकाम चामेसहित मनाङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको थियो  । मंगलबार साँझदेखि भने माथिल्लो मनाङसहित चामेमा तीन फिट बाक्लो हिमपात भएको मनाङका  प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । 

उनका अनुसार मनाङको नासों गाउँपालिका– ९  दानक्युदेखि माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो । जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १३ डिग्री सेल्सियससम्म पुग्ने गरेको सशस्त्र प्रहरी  बल नेपाल  पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका प्रमुख एसपी सूर्यप्रसाद आचार्यले बताए ।  

मनाङका डिएसपी सुवास खड्काका अनुसार हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । बाक्लो हिमपात भएकाले अत्यधिक चिसो बढेसँगै प्रहरीलाई नियमित गस्तीका लागि वरपर हिँड्नसमेत समस्या भएको छ । अत्यधिक चिसोका कारण खोला र पिउनका लागि ल्याइएको पानी पाइपमा जमेको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए । 

जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्ने भएकाले  सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले हिमाली क्षेत्रमा बाक्लो हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । 

तस्बिर सौजन्य : अर्जुन पौडेल डिएसपी सशस्त्र प्रहरी बल नेपाल नम्बर  ३२ गुल्म हेक्वा  मनाङ ।

ad
ad
ad
ad