१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १४ बुधबार
  • Sunday, 29 September, 2024
२o७८ पौष १४ बुधबार १५:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १४ बुधबार १५:५८:oo

अविरल वर्षासँगै परेको बाक्लो हिमपातका कारण मध्यपहाडी लोकमार्गकाे बुर्तिबाङ–निसी खण्ड अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गतको निसीखोला गाउँपालिका –६ सिप क्षेत्रमा झन्डै दुई फिट बाक्लो हिउँ जम्न गई सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रवक्ता डिएसपी इकवाल हवारीले जानकारी दिए । 

हिउँ पर्दा जनजीवन पनि प्रभावित भएको छ । अन्य जिल्लाका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षलगायत तमानखोला, गलकोट, काठेखोला गाउँपालिकाको घोडाबाँधे, ताराखोला, जैमिनी नगरपालिकाको गाजा दह र बडिगाडको माथिल्लो क्षेत्रमा क्षेत्रमा बाक्लो हिमपात परेको छ ।  

हिमपातका कारण दैनिक काममा निस्कन र पशुचौपायालाई घाँस दाना खुवाउन कठिनाइ भएको गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले बताइन् । हिउँले उच्च पहाडी क्षेत्र छपक्कै छोपेको छ । वर्षा र हिमपात हुँदा गहुँखेती सप्रने आशामा कृषक भने खुसी भएका छन् ।