मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १३ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १३ मंगलबार १६:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक सामान्य अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १३ मंगलबार १६:३७:oo

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले घटेको छ। साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको नेप्से सोमबार ६९ अंकले गिरावट आएको थियो। आज मंगलबार कारोबारको सुरुवातबाटै उच्च अंकले घटेको थियो। आज दिनभर बजार उतारचढाव हुँदा कारोबारको अन्तमा आएर सामान्य गिरावट आएको हो।

आज नेप्से २.६६ अंकले घटरे २ हजार ५१८.९९ बिन्दुमा झरेको छ। ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९१ अंकले घटेर ४७०.९८ अंक कायम भएको छ। मंगलबार कारोबारमा आएका २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता सेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँमा कारोबार भएको छ। कारोबारमा आएका २३० कम्पनीमध्ये आज ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको मूल्यमा गिरावट आएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन र अन्य उपसमूहमा हरियाली छाएको छ भने बाँकी सबै उपसमूह राताम्मे देखिएको छ। आज बजार सामान्य गिरावट आए पनि मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।