मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १२ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ पौष १२ सोमबार ११:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पताल बनाउन ६० लाख रुपैयाँ सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o७८ पौष १२ सोमबार ११:२o:oo

मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौंले सोलुखुम्बुस्थित दूधकोसी सामुदायिक अस्पतालको भवन बनाउन करिब ६० लाख रुपैयाँ सहयोग गरेको छ।  सोलुको थुलुङ दूधकोसी गाउँपालिका– ६ मैदेल स्थायी ठेगाना भई लाउरेटोलनिवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम संकलन गरेका हुन्। अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङका अनुसार समाजले समितिलाई आइतबार १४ लाख ८३ हजार ६ सय ४१ रुपैयाँ हस्तान्तरण गरेको थियो। 
 
सो अवसरमा समाजका एक सय तीनजनालाई खादासहित सम्मानपत्र प्रदान गरिएको थियो। थुलुङ दूधकोसी गाउँपालिका अध्यक्षसमेत रहेका अस्पताल सञ्चालन समितिका अध्यक्ष असिम राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माण ९५ प्रतिशत पूरा भएको र आगामी फागुनको पहिलो हप्ताभित्र सञ्चालनकोे तयारी भएको जानकारी दिए। स्थानीयवासीलाई सामान्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता रहिआएको छ। अस्पताल निर्माण सम्पन्न गर्न करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। गाउँपालिका केन्द्र मुक्लीमा रहेको सो अस्पताल निर्माणार्थ महायज्ञसमेत लगाइएको थियो। रासस