१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चार महिनामा विद्युत् चुहावट १७ प्रतिशतबाट १४ मा झर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३२:oo

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४ दशमलव ३५ प्रतिशतमा झारेको छ । चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत आवमा प्रणालीको १७ दशमलव १८ प्रतिशतको चुहावटलाई चालू आवको चार महिनामा २ दशमलव ८३ प्रतिशत बिन्दुले घटाउन सफल भएको छ ।

कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९ दशमलव २४ प्रतिशत छ । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२ दशमलव ०१ प्रतिशत थियो । प्राधिकरणले चालू आवमा विद्युत् चुहावट १५ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।   

आव ०७२/७३ मा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर प्राधिकरणले आव ०७६/७७ मा १५ दशमलव २५ प्रतिशतमा झारेको थियो । तर, आव ०७७/७८ मा चुहावट १ दशमलव ९१ प्रतिशत बिन्दुले बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो । 

कार्यकारी निर्देशक घिसिङले सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए । ‘गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको छ,’ उनले भने । काठमाडौं उपत्यकामा जाडोमा र तराई क्षेत्रमा गर्मीमा चुहावट बढ्ने गरेको छ ।   
 

ad
ad