राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले राष्ट्रियता बलियो बनाउनुपर्ने बताएकी छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा जनताले चाहेका विषयमा छलफल गर्न आग्रह गरिन्।
विचार र वादहरू फरक भए पनि देश पहिले हुने उनको धारणा थियो। विचार मात्र होइन, राष्ट्रियता बलियो बनाउनुपर्ने उनको धारणा थियो। बलियो अर्थतन्त्र र राष्ट्रियता बलियो बनाउन सबै जना जुट्नुपर्ने उनले बताइन्। युवाहरूलाई देशमा नै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने उनले बताइन्।