मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ११ आइतबार
  • Wednesday, 18 December, 2024
२o७८ पौष ११ आइतबार १४:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पौडेल   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ११ आइतबार १४:२५:oo

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौडेलले बहाली गरेका छन् । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौडेल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन्।

यसअघिका प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली विवादमा तानिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका थिए। 

पदबहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले भौतिक र वित्तीय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानुनसम्मत सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्चित गर्नुपर्ने बताए। पदीय जिम्मेवारी पूरा गर्दै व्यक्तिगत प्रयासबाट समूहको हित हुने काम गर्नुपर्ने पौडेलको भनाइ थियो।