१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ११ आइतबार ०६:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिजिटल बैंकिङसम्बन्धी ग्लोबल आइएमईको १७५ कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ११ आइतबार ०६:५४:००

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सातै प्रदेशका गाउँदेखि सहरसम्म डिजिटल बैंकिङ साक्षरता कार्यक्रमहरू आयोजना गर्ने लक्ष्यसहित सुरु भएको अभियानअन्तर्गत कार्यक्रम गरेको हो ।  

बैंकले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, बागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा आठवटा र सुदूरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रम आयोजना गरेको हो । अभियान आगामी हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरू सञ्चालन गरी समापन गरिने भएको छ ।

यस्ता साक्षरता कार्यक्रमहरू आयोजना गरी ग्राहकले बैंकिङ सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि लिन पाउने सहजताका लागि बैंकले देशव्यापी अभियानका रूपमा चलाएको हो ।

स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्‍याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना दुई सय ८७ शाखा, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको बैंकको दाबी छ ।