निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसँग छलफल गरेर वैशाख १४ मै निर्वाचन गर्न सिफारिस गरेको हो।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार आयोगले सम्भव भए एकै चरण र नभए दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको छ। आयोगले वैशाख १४ र २२ गते निर्वाचन गर्ने गरी तयारी थालेको शर्मा पौडेलले नयाँ पत्रिकालाई बताए।