१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ८ बिहीबार
  • Monday, 01 July, 2024
२o७८ पौष ८ बिहीबार o६:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एपिएफसँग घरेलु टोली स्तब्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ८ बिहीबार o६:३३:oo

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम विभागीय टोली एपिएफसँग पराजित भएको छ । सुदूरपश्चिमलाई ८९ रनको फराकिलो अन्तरले हराउँदै एपिएफ प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । हारसँगै सुदूरपश्चिमको सेमिफाइनल पुग्ने बाटो कठिन बनेको छ । सुदूरपश्चिमले अन्तिम चार स्थान पक्का गर्न प्रदेश नम्बर २ लाई हराउनुपर्नेछ ।

अर्को खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई हराउँदै सेमिफाइनलको आशा यथावत् राख्यो । प्रदेश २ ले पनि सेमिफाइनल पुग्न सुदूरपश्चिमलाई हराउनु पर्नेछ । समूह बीमा सुदूरपश्चिम र प्रदेश १ ले दुई खेलमा समान एक हार र जित निकालेका छन् । दुई अंक जोडेको प्रदेश २ ले रनरेटमा सुदूरपश्चिमलाई पछाडि राखेको छ । रनरेटमा सुदूरपश्चिम दोस्रो र प्रदेश २ तेस्रो स्थानमा छन् । यस समूहमा दुवै खेल जित्दै चार अंक जोडेको एपिएफ शीर्षस्थानमा छ । दुवै खेल हारेको गण्डकी अंकविहीन छ ।

फाप्ला मैदानमा टस हारेर ब्याटिङ गरेको एपिएफले २० ओभरमा ६ विकेट क्षतिमा एक सय २८ रन बनायो । एपिएफका लागि ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोडिन् । राजमती ऐरीले १९ रन, रोमा थापाले १६ रन र सरिता मगरले १४ रन बनाए । सुदूरपश्चिमका कप्तान रितु कनौजियाले तीन विकेट लिइन् । एक सय २९ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमै समेटियो ।

कप्तान रितु कनौजिया र रुबी पोदारले समान दश रन बनाए । दोस्रो खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई सात विकेटले हरायो । पहिले ब्याटिङ गरेको गण्डकीले ३९ रनको झिनो योगफल बनायो । १७.१ ओभरमा सबै विकेट गुमाएको गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन बनाइन् । सहज ४० रन लक्ष्य पछ्याएको प्रदेश २ ले १०.३ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । 

ad
ad
ad
ad