१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ७ बुधबार
  • Saturday, 28 September, 2024
२o७८ पौष ७ बुधबार १६:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा पाँच पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ७ बुधबार १६:५२:oo

सिराहाको गोलबजार नगरपालिका– ६ दोहटियाका दलित युवक १९ वर्षीय रामकुमार सदामाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त टोलीले हत्यापछि फरार रहेका उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोलबजार नगरपालिका– २ का २२ वर्षीय भुवनप्रसाद महतो, सोही नगरपालिका– ६ का १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सोकात खान र १९ वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

पक्राउ परेका पाँचजनाउपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिराहाबाट पाँच दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता (डिएसपी) सुभाष बुढाथोकीले बताए। घटनामा संलग्न अन्यको पनि खोजीकार्य भइरहेको भन्दै प्रवक्ता बुढाथोकीले चाँडै पक्राउ पर्ने बताए।

गत शनिबार साँझ इँटाभट्टाबाट मजदुरी गरी गोलबजार हटिया भएर फर्किँदै गर्दा १९ वर्षीय रामकुमार सदा र १९ वर्षीय रिकेश सदामाथि छुरा प्रहार भएको थियो। उपचारको क्रममा रामकुमारको आरके मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो भने अर्का गम्भीर घाइते रिकेशको उपचार भइरहेको छ।

दोषीलाई पक्राउ गर्न पीडित परिवार गोलबजारमा दुई दिन राजमार्ग अवरुद्ध गरी प्रदर्शनमा उत्रेका थिए। सर्वपक्षीय बैठकले दोषीलाई पक्राउ गर्ने, क्षतिपूर्तिलगायतको व्यवस्था गर्ने सहमति भएपछि पीडित परिवारले शव बुझेर मंगलबार अन्तिम संस्कार गरेका थिए।