१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ७ बुधबार
  • Wednesday, 26 June, 2024
२o७८ पौष ७ बुधबार १४:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश २ अधिवेशन : ७२ पदका लागि १ सय ८० जनाको उम्मेदवारी, पाँचजना निर्विराेध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ७ बुधबार १४:३२:oo

नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनमा ७२ पद का लागि एक सय १८० उम्मेदवारले उम्मेदवारी दिएकोमा सोमध्ये पाँचजना निर्विरोध विजयी भएका छन् । निर्विरोध भएकोमा सप्तरीबाट महिला  सदस्यमा  आशाराम चौधरी, विमलादेवी साह, महोत्तरीबाट उषा देवकोटा र पर्साबाट किरणकुमारी शर्मा रहेका छन् । त्यस्तै, आदिवासी–जनजातिमा मनमाया तामाङनी निर्विरोध निर्वाचित भएकी छिन् । 

 निर्वाचन समितिले जारी गरेको उम्मेदवारहरुको अन्तिम नामावलीअनुसार सभापतिमा कृष्णप्रसाद यादव, रामसरोज यादव, उपसभापतिमा क्रमशः चन्द्रशेखरकुमार यादव, धनलाल ठोकर, विनोदकुमार पासवान, वीरेन्द्रप्रसाद सिंह र रामाधारप्रसाद यादवले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा उपेन्द्रकुमार यादव, नरेशकुमार यादव, विनोद चौधरी, वृहस्पतिकृष्ण श्रेष्ठ र हरेशप्रसाद महतो उम्मेदवार बनेका छन् ।

त्यसैगरी दुईजना खुलातर्फका सहमहामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ जसमा अरविन्द मात्य, जयनारायणप्रसाद यादव, नारायण चौधरी, पर्शुराम चौधरी, विनोदकुमार यादव र रामनारायण महासेठ रहेका छन् । एकजना महिला सहमहामन्त्रीका लागि चारजनाको उम्मेदवारी परेको छ जसमा विन्दुकुमारी यादव, भीमादेवी शर्मा, रीता यादव र रेखादेवी महरान रहेका छन् । खुलातर्फको १४ प्रदेश सदस्यका लागि ५० जना, सात महिला सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्य खुला प्रत्येक जिल्लाका आठ पदका लागि १५ जना उम्मेदवार बनेका छन् । 

मतदानमा ढिलाइ 

बिहान ८ बजेदेखि मतदान हुने समय तय भए पनि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन १२ बजे भएको र मतपत्र छाप्न बाँकी नै रहेकाले साँझबाट मात्र मतदान सम्भव हुने देखिन्छ ।

ad
ad
ad
ad