१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ७ बुधबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष ७ बुधबार १३:३८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘दी प्रेमपूजा २’ निर्माण हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष ७ बुधबार १३:३८:oo

तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा २’ निर्माण गर्ने घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायांकन हुने जानकारीसहित कलाकार तथा प्राविधिक टिम घोषणा गरेका हुन् । 

‘बी कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रमा सफल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहनेछ । अन्य कलाकारहरूमा सुवास गजुरेल, बबिरोजा ढकाल, सबिता कार्की, मनीषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल रहने बताइएको छ । यस्तै गीत–संगीत दयाराम दाहाल र हरि भुसालको रहनेछ भने छायांकनमा महेन्द्र थापा तथा सहनिर्देशकको रूपमा विनय गौतम रहने छन् ।

‘तीन दशकपछि आफ्नो पुरानो टोली र नयाँ कलाकारसहित दी प्रेमपूजा २ घोषणा गरेको छु,’ लेखक तथा निर्देशक दुवैको भूमिकामा रहेका पौडेलले भने, ‘कोभिड महामारीले गर्दा संकटमा परेको चलचित्र क्षेत्रमा नयाँ ऊर्जा र आधार दिने उद्देश्यले यो चलचित्र बनाउन लागेको हुँ ।’ 

वरिष्ठ कलाकार सुवास गजुरेलले ‘दी प्रेमपूजा २’ विदेशमा छायांकन गर्ने भनिए पनि मूल कथावस्तु नेपाली समाज र संस्कृति रहेको बताए । उनले भने, ‘मौलिक नेपाली स्वादको स्तरीय सिनेमा बनाउन सक्यो भने नेपाली सिनेमाको उत्थान हुन्छ । प्रेमपूजाले त्यो पूरा गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।’ पौडेलको निर्देशनमा यसअघि किसान, जनयुद्ध, नागरिक, पोखराकी कालीलगायत चलचित्र प्रदर्शन भइसकेका छन् ।