१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ७ बुधबार ०८:४१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रधानन्यायाधीशले बढाए सक्रियता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ७ बुधबार ०८:४१:००

न्याय सेवा आयोगको बैठक बोलाइयो, बैठकमा नजान बारको अपिल

दुई महिनादेखि नेपाल बार एसोसियनलगायतका संस्थाबाट राजीनामाको माग झेलिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो सक्रियता बढाउन थालेका छन् । राजीनामा नदिई उनले न्याय सेवा आयोगको बैठक बोलाएका छन् ।

बुधबार ३ बजेका लागि बैठक बोलाइएको हो । तर, आयोगका केही सदस्य बैठकमा नजाने भएका छन् । जिल्ला न्यायाधीशका लागि आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक गर्नेलगायतको एजेन्डामा बैठक बोलाइएको स्रोतको भनाइ छ । बैठक बस्ने सम्भावना भने न्यून रहेको छ । 

आयोगको अध्यक्षता प्रधानन्यायाधीशले गर्छन् भने सर्वोच्चका वरिष्ठतम् न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष, महान्यायाधिवक्ता र संघीय कानुनमन्त्री सदस्य रहन्छन् । यीमध्ये लोकसेवा अध्यक्ष बाहिर छन् भने महान्यायाधिवक्ता र कानुनमन्त्रीका साथै वरिष्ठतम् न्यायाधीश पनि बैठकमा आउने सम्भावना न्यून छ ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश संलग्न रहने सबै निकायहरूमा पत्र पठाई उनलाई कुनै बैठकमा नबोलाउन र उनले बोलाएको बैठकमा नजान औपचारिक आग्रह गरिसकेकाले पनि आयोगका सदस्यहरू बुधबारको बैठकमा उपस्थित नहुने सम्भावना छ ।