मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ६ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७८ पौष ६ मंगलबार १७:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा ब्राउनसुगर बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ६ मंगलबार १७:४८:oo

दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा लागुऔषध (ब्राउनसुगर) बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय दाङले मंगलबार पत्रकार सम्मेलन गरी  १५० ग्राम ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको जानकारी दिएको छ।

सोमबार बेलुका साढे ४ बजेतिर नेपालगन्जबाट दाङ ल्याउँदै गरेको अवस्थामा अमिलियाबाट प्रहरीले उक्त परिमाणको ब्राउनसुगर बरामद गरेको हो। भारतको बहराइज मन्सुरगंज कदरी जामा मस्जिद बस्ने १८ वर्षीय अमिर अन्सारी र बाँकेको नेपालगन्ज उपमहानगरपालिका– १८ कारकाँदो बस्ने ४५ वर्षीया चन्द्रा राणा पक्राउ परेका छन्। शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खोजतलास गर्दा हाइनेकभित्र घाँटीमुनिको भागमा लुकाइछिपाई राखेको अवस्थामा उनीहरूको साथबाट ब्राउनसुगर  बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

काफ्लेका अनुसार समीरले भारतबाट ब्राउनसुगर नेपाल भित्र्याएको र चन्द्राले सोही ब्राउनसुगरलाई दाङ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सो परिमाणको ब्राउन सुगरलाई उनीहरूले नेपालमा करिब १२ लाखमा बिक्री र बिक्री  गरेबापत चन्द्राले १० प्रतिशत कमिसन पाउने सहमति भएको खुलेको प्रमुख काफ्ले बताए। विगत ५–६ महिनामा करिब एक केजीको हाराहारीमा लागुऔषध बरामद भएको उनले जानकारी दिए।

एक सय  ग्रामभन्दा बढी ब्राउनसुगरसहित पक्राउ परेको खण्डमा १५ वर्षदेखि जन्मकैदसम्म सजाय हुने र पाँच लाखदेखि २५  लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।