नेपाली कांग्रेसको पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा उम्मेदवार रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित बनेका छन्। सभापति शेरबहादुर देउवा प्यानलका शाही शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका हुन्। पाण्डेले दुई हजार चार सय ११ मत ल्याउँदा शाहीले दुई हजार एक सय ३३ मत ल्याए। पिछडिएका क्षेत्रतर्फबाट पाण्डे, शाही र चेतराज बजालबीच प्रतिस्पर्धा भएको थियो।