नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा प्यानलका उनले मुस्लिम क्लस्टरबाट शेखर कोइराला प्यानलका शेख वकिललाई पराजित गरेका हुन्। मन्सुरले दुई सात सय ७६ मत प्राप्त गरेका छन् भने वकिलले एक हजार आठ सय ७१ मत पाए।