मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २ शुक्रबार
  • Wednesday, 18 December, 2024
गणेश लम्साल विराटनगर
२o७८ पौष २ शुक्रबार १४:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विराटनगरमा बिरामी ठग्ने बिचौलिया सक्रिय, चारजना पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ पौष २ शुक्रबार १४:o१:oo

विराटनगरमा उपचार गराउन आएका बिरामीलाई ठग्ने बिचौलियाहरू सक्रिय रहेको पाइएको छ। अस्पताल र औषधि पसलले दिने  कमिसनका लागि उपचार गराउन आउने सोझा बिरामीहरूलाई राम्रो डाक्टर छ, उपचार राम्रो हुन्छ भन्दै आफ्नो सम्पर्कको अस्पतालमा लगेर ठगी गर्ने बिचौलियाहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। 

उपचार गराउन आएका बिरामी र आफन्तलाई ठगी गरेको आरोपमा प्रहरीले पछिल्लोपटक २९ मंसिरमा  विराटनगर महानगरपालिका– ७  बाट  चारजना बिचौलियालाई पक्राउ गरेको छ। मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार  पक्राउ पर्नेमा विराटनगर– १९ का ४६ वर्षीय विनोद राय, विराटनगर– ५ का ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलीप साह र विराटनगर– १२ का ३९ वर्षीय शिवकुमार कामत रहेका छन्। 

यसअघि चालू वर्षमा मोरङ प्रहरीले पटकपटक गरेर १७ जना बिचौलियालाई पक्राउ गरेर कानुनी कारबाही गरेको थियो। उपचार गराउन आउने सोझा बिरामी र आफन्तलाई बिचौलियाहरूले  आफ्नो सम्पर्कमा भएको अस्पतालमा राम्रो डाक्टर छ भन्दै पुर्‍याउने र आफूलाई कमिसन दिने फार्मेसीमा औषधि किन्न बाध्य गराउने गर्दछन्। उपचार गराउन आउने बिरामी र आफन्तलाई प्रलोभनमा पारेर निजी अस्पताल र औषधि पसलबाट कमिसन खाने बिचौलियाहरूलाई मोरङ प्रहरीले पक्राउ गरेर अभद्र व्यवहार कसुरमा  कानुनी कारबाही गर्ने गरेको छ। 

विराटनगरका निजी अस्पतालहरूले एम्बुलेन्स, अटोरिक्साचालक र विभिन्न हेल्थकेयर सेन्टर र उपचार क्लिनिक अनि औषधि पसलमा काम गर्ने बिचौलियाहरूलाई कमिसन दिएर बिरामी भर्ना गराएर उपचारको बहानामा महँगो शुल्क असुल्ने गरेका छन्।