जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। जेआर ओसाका स्टेसननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयअनुसार बिहान १०ः४५ बजे निभाइएको स्थानीय दमकल विभागलाई उदृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। करिब २० वर्गमिटर क्षेत्रफलमा आगलागी भएको थियो। आगलागीको कारण अज्ञात रहेको बताइएको छ। रासस/एएनआई