साताको अन्तिम कारोबार बिहीबार नेप्से सूचकमा १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से सूचक बिहीबार दोहोर अंकले घट्न पुुगेको हो ।
सर्वाधिक कारोबार प्रभुु बैंकको नौ करोड ४३ लाख रुपैयाँको भएको छ । त्यसैगरी, नेपाल बंगलादेश बैंक, समृद्धि फाइनान्स, अपि पावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनीको ६ करोडमाथिको कारोबार भएको छ ।
यस दिन १८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ६९ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आएका १३ समूूहका सूचकमध्ये म्युचुअल फन्डबाहेक सबै समूूहका सूूचक नकारात्मक बन्न पुुगेका छन् । विकास बैंक, जलविद्युत् समूूहका सूूचक सर्वाधिक घट्न पुुगेका छन् । जीवन बिमा, निर्जीवन बिमा समूूहका सूूचक पनि घटेका छन् ।
ग्रिन लाइफ हाइड्रोपावर, मैलुुङ खोला जलविद्युुत् कम्पनी, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रोपावर डेभलपर्स, दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । त्यसैगरी, नेपाल बंगलादेश बैंकको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । स्वाभिमान लघुुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, कर्पोरेट डेभलपमेन्ट, मनकामना स्मार्ट लघुुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्सको सेयर ५ देखि ४ प्रतिशतले बढेको छ ।
सेयर गतिविधि
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक पदमा सुमन खरेल, लिमा अघिकारी आचार्य सर्वसाधारण सेयरधनी समूूहको प्रतिनिधि निर्वाचित भएका छन् । बैंकको तेस्रो वार्षिक साधारणसभामा दुईजना निर्विरोध निर्वाचित भएका हुन् ।