मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १ बिहीबार १५:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १ बिहीबार १५:२६:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन्। बिहीबार सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा गरिएको मतगणना परिणामअनुसार दुई महामन्त्री पदमा थापा र शर्मा निर्वाचित भएका हुन्। थापाले सबैभन्दा बढी ३०२३ र शर्माले १९८४ मत प्राप्त गरेका छन्। निर्वाचित थापाले डा. शेखर कोइराला प्यानल र शर्माले प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दर्ता गराएका थिए। 

यस्तै, महामन्त्रीमा उम्मेदवार रहेका प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरेका छन्। महामन्त्रीका लागि कुल ४६८२ मत खसेको थियो। खसेको मतमध्ये ४३ मत बदर भएको छ।