१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १ बिहीबार ०६:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी प्रदेशभरि डिजिटल बैंकिङ साक्षरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १ बिहीबार ०६:१५:००

नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लामा एकैसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिमा विद्यार्थीलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको हो । 

एकैसाथ सञ्चालित उपरोक्त कार्यक्रममा तीन हजारभन्दा बढी विद्यार्थीलाइ वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, नेपाल बैंकले लागू गरेका विभिन्न सेवा–सुविधा, डिजिटल बै‌ंकिङ, विद्यार्थीलक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामका बारेमा जानकारी गराइएको बैंकले जनाएको छ । कार्यक्रममा विद्यार्थीबाट प्राप्त जिज्ञासालाई सम्बन्धित शाखा प्रबन्धक र अन्य पदाधिकारीले प्रस्ट पारेको जनाइएको छ । बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले नेपाल बैंकले विद्यार्थीहरूको हितलाई ध्यानमा राखेर विभिन्न अफरसहितका आधुनिक सेवा–सुविधा ल्याइरहेकाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । 

काठमाडौंमा पनि कार्यक्रम
काठमाडाैंको वसुन्धरामा रहेको साउथवेस्टर्न स्टेट कलेजमा पनि बैंकले डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करिब दुई सय विद्यार्थी सहभागी भएको बैंकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि महावीर पुनले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ रहेको बताए । हरेक विद्यार्थी उद्यमशील बन्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ थियो ।

राष्ट्रिय आविष्कार केन्द्रले उद्यमी बन्न चाहने विद्यार्थीलाइ सहयोग गर्ने उनले बताए । बैंकका प्रमुख प्रशासकीय अधिकृत तथा प्रवक्ता प्रकाशकुमार अधिकारीले नेपाल बैंक र सााउथवेस्टर्न स्टेट कलेजबीच आगामी दिनमा थप सहकार्य गरी अगाडि बढ्न सकिने बताए । बैंकका मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले डिजिटल बैंकिङसम्बन्धी प्रस्तुतीकरण दिएका थिए ।