नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र पदमुक्त, सन्दीपलाई कप्तानको जिम्मेवारी

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको छ। क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो। बैठकले कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने निर्णय गरेको छ। 


खेलाडीको केन्द्रीय सम्झौतालाई लिएर कप्तान मल्लसहित केही सिनियर खेलाडीले सार्वजनीक रूपमा गुनासो गरेका थिए।  खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको उनीहरूको गुनासो थियो। सोही विषयलाई लिएर सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको र खेलाडी आचारसंहिता पालना नगरेको भन्दै क्यानले मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको छ। 

सुझावित समाचार