Skip This
ढकालको पुस्तक 'समाजवाद र नेपाल' सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २९ बुधबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २९ बुधबार १४:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
साहित्य डिजिटल संस्करण

ढकालको पुस्तक 'समाजवाद र नेपाल' सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २९ बुधबार १४:५८:oo

नेकपा माओवादी केन्द्रका युवा नेता तथा अर्थविज्ञ डिपी ढकालको नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ सार्वजनिक भएको छ। ढकालले नेपालमा समाजवाद कसरी सम्भव छ भन्ने विषयमा केन्द्रित भएर पुस्तक तयार पारेका छन्। यसअघि उनका ‘पुँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’लगायतका पुस्तक सार्वजनिक भइसकेका छन्।  

सञ्चारमाध्यममा नियमित अर्थ राजनीतिक आलेखहरू लेखिरहने ढकालको पुस्तकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा चलेका सरकार र तीनले चलाएका सत्तालाई अर्थ राजनीतिक कोणबाट विश्लेषण गरिएको छ।  ढकालले यसमा कम्युनिस्ट देशका सरकारले कसरी आर्थिक व्यवस्थापन गरेका थिए भन्ने बारेमा तत्कालीन सोभियत संघ, चीन, क्युबा, उत्तर  कोरिया तथा भियतनामको प्रयोग पुस्तकमा विश्लेषण गरेका छन्।  

ढकालको पुस्तकमा समेटिएको अर्को महत्वपूर्ण पक्ष भनेको वामपन्थी पार्टीले चुनाव जितेर सरकारका गएका ल्याटिन अमेरिकी देशहरू भेनेजुयला, निकारागुवा,  ब्राजिल र बोलिभियामा प्रयोग गरिएको वामपन्थी अर्थनीति हो।
 

ad
ad
ad
ad