१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर २९ बुधबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

शेरबहादुर देउवा : रुवाखोलादेखि सानेपासम्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २९ बुधबार o९:o९:oo

दाेस्रोपटक कांग्रेस हाँक्ने जिम्मेवारी पाएका शेरबहादुर देउवा ३१ जेठ २००३ मा डडेल्धुराको असिग्राम गाविस– ६ रुवाखोलाको किसान परिवारमा जन्मिएका हुन् । पाँचौँपटक प्रधानमन्त्री बनेर देश पनि चलाइरहेका उनी यसअघि ०७२ मंसिरको अन्तिम साता भएको १३औँ महाधिवेशनबाट पनि सभापति निर्वाचित भएका थिए ।

राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका देउवाले लन्डन स्कुल अफ इकोनोमिक्सबाट मानार्थ डिग्रीसमेत हासिल गरेका छन् । नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका उनी दोस्रो महाधिवेशनबाट अध्यक्षमा चयन भएका थिए । देउवा पटक–पटक गरी नौ वर्ष जेल बसेका छन् ।

प्रजातन्त्र स्थापनापछिका हरेक संसदीय निर्वाचनमा चुनाव जित्ने उनी एक्ला नेता हुन् । ०४८ मा गृहजिल्ला डडेल्धुराबाट निर्वाचित भएर उनी गृहमन्त्री बनेका थिए । ०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका देउवालाई दुईपटक त तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्खास्त नै गरे । पार्टीभित्र चर्को अन्तर्संघर्षका कारण कारबाहीमा परेपछि उनले ०५९ असारमा कांग्रेस (प्रजातान्त्रिक) स्थापना गरे । संविधानसभा निर्वाचनअघि ०६४ मा पुनः मूल पार्टी कांग्रेससँग एकीकरण गरे ।

०६७ मा काठमाडौंमा भएको १२औँ महाधिवेशनमा देउवा सभापतिमा सुशील कोइरालासँग ३३५ मतले पराजित भएका थिए । ०७० माघमा भएको संसदीय दलको नेताको चुनावमा पनि उनी सुशीलसँगै पराजित भएका थिए । त्यसअघि ०५७ मा पोखरामा सम्पन्न नवौँ महाधिवेशनमा सभापतिको उम्मेदवार भएका उनी गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । 

ad
ad
ad
ad