१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बुटवलमा स्कोडाको ‘स्टेट अफ द आर्ट’ सोरुम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o६:oo

युरोपको अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट अफ द आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले रोडवेज लाइफ स्टाइललाई पश्चिमी नेपालमा स्कोडाको बिक्री र बिक्रीपछिको सेवाको जिम्मेवारी दिँदै सोरुम सञ्चालनमा ल्याएको छ ।  

नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लू स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको जनाइएको छ । नयाँ सोरुमको उद्घाटन पाँच नम्बर प्रदेशका उद्योग तथा वाणिज्यमन्त्री अजय शाही र एमएडब्लू स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए ।

स्कोडाको नयाँ डिलर रोडवेज लाइफ स्टाइलले दुईदिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्दै छ । यो अवधिमा स्कोडा कार बुकिङ गर्नेले क्यास डिस्काउन्ट, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने छन् । 
 

ad
ad