१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २८ मंगलबार
  • Wednesday, 26 June, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७८ मङ्सिर २८ मंगलबार १४:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मुडे–चरिकोट सडकको काम सुरु

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७८ मङ्सिर २८ मंगलबार १४:४५:oo

६ महिनादेखि अवरुद्ध मुडे–चरिकोट सडकखण्डको काम पुनः सुरु भएको छ। बीचमा रोकिएको काम सुनौला खिम्ती निर्माण कम्पनीले सम्हालेको हो। लामोसाँघु–चरिकोटसम्मको अरनिको राजमार्गअन्तर्गत मुडे चरिकोटको काम रोकिँदा सिन्धुपाल्चोक र दोलखाका स्थानीयले ब्यापक विरोध गरेका थिए। 

५४ किलोमिटर अरनिको राजमार्गअन्तर्गत मुडे–चरिकोट ३० किलोमिटर सडकखण्डको काम सुरु भएपछि सिन्धु–दोलखाका स्थानीय उत्साही भएका छन्। सकिल हैदर, शंकर माली र सुनौला खिम्तीको संयुक्त ठेक्कामा रहेको मुडे–चरिकोट सडकखण्डको काम बीचमा रोकिएर विवादित बनेको थियो। रोकिएको काम यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आइतबारबाट पुनः सुरु गरिएको सुनौला खिम्ती निर्माण कम्पनीका इन्जिनियर गणेश भण्डारीले बताए। 

लामोसाँघुदेखि मुडेसम्मको २४ किलोमिटर सडकको कालोपत्रे सम्पन्न भएपनि मुडे खण्डको काम रोकिएको थियो। मुडेदेखि चरिकोटसम्म ६ किलोमिटर सडक पहिलो सतह कालोपत्रे भएको छ। १२ किलोमिटर बेस बिछ्याउने काम सकिएको  र १२ किलोमिटर सडकमा बेस बिछ्याउने काम धमाधम भइरहेको भण्डारीले बताए। मुडे–चरिकोट सडकको ७८ प्रतिशत काम सम्पन्न भएको भण्डारीले बताए। वाल, नाली, ह्युमपाइपलगायत अत्यावश्यक काम सकिएको छ। पुस र माघमा सबै पूर्वाधार तयार गर्ने र ०७९ वैशाखसम्म कालोपत्रे सम्पन्न गर्ने योजना रहेको उनले बताए। भारतीय एक्जिम बैंकको वित्तीय सहयोग रहेकाले भारतीय निर्माण कम्पनी सकिल हैदरको ५१ प्रतिशत सेयर छ। विविध अवरोधका कारण शंकर मालीले  बीचैमा काम रोकेको थियो।
 

ad
ad
ad
ad