१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ मङ्सिर २८ मंगलबार १३:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाल्पा–बुटवल सडक दैनिक सात घण्टा बन्द हुने

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २८ मंगलबार १३:२३:००

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनसम्म दैनिक सात घण्टा बन्द हुने भएको छ।सडक डिभिजन कार्यालयले उक्त राजमार्ग चौडा गर्न आजदेखि पुस १३ गतेसम्म राति ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाएको हो। सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौँडेपुलसम्म सडक चौडा बनाउनका लागि पहाड कटान गर्न लागिएको बताइएको छ।