१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २८ मंगलबार
  • Saturday, 29 June, 2024
२o७८ मङ्सिर २८ मंगलबार o९:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आगलागीले दृष्टिविहीन परिवारको बिचल्ली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २८ मंगलबार o९:३९:oo

मालिका–६ अर्जेका खिमप्रसाद र मोतीलाल भुसाल दृष्टिविहीन दाजुभाइ हुन् । जन्मजात आँखा देख्दैनन् । तर, काम नगरे चुलो बल्दैन । उनीहरूले सक्ने र भ्याएसम्मका काम गरेर घरपरिवार चलाएका थिए । ४ मंसिर साँझ घरगोठमा एक्कासि आगलागी भयो । विपन्न दृष्टिविहीन परिवारको पशुचौपायाबाहेक केही जोगिएन । 

‘घरगोठसँगै फेर्ने कपडा रहेनन्,’ खिमबहादुरले भने, ‘दैव लागेपछि जलेको घरमा ढलेको मन बुझाएर बसेका छौँ ।’ अहिले दृष्टिविहीन दाजुभाइको परिवार जलेर खण्डहर बनेको घरको ओत लागेका छन् । ‘गाउँलेले नबस्न भन्थे । तर, बारी कुनामा त्रिपालमुनि जाडो थेग्न सकस प¥यो,’ उनले भने, ‘जोखिम मोलेरै भए पनि जलेको घरकै तलामुनि बसिरहेका छौँ ।’ आर्थिक सहयोग पाए घरकै पुनर्निर्माण गर्ने सोच रहेको उनले बताए ।

गाउँपालिकाले तत्काल केही खाद्यान्न, कम्बल र त्रिपाल उपलब्ध गराएको वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए । जस्तापातासहित अरू सहयोगको पनि पहल भइरहेको उनको भनाइ छ । दृष्टिविहीन परिवार आगलागीका कारण बिचल्लीमा परेपछि तम्घास तथा बुटवलमा सहयोग अभियान सञ्चालन भएको छ । सोमबार गुल्मी अस्पताल, जिल्ला प्रशासनलगायत तम्घासका विभिन्न व्यक्ति र संस्थाबाट करिब ३० हजार सहयोग संकलन गरिएको छ । 

ad
ad
ad
ad