मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर २७ सोमबार
  • Monday, 14 July, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७८ मङ्सिर २७ सोमबार १९:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाविरुद्धको भ्याक्सिन बेचेको आरोपमा दुई स्वास्थ्यकर्मी पक्राउ

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ मङ्सिर २७ सोमबार १९:४५:oo

कोरोनाविरुद्धको भ्याक्सिन बेचेको आरोपमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले कोरोनाविरुद्धको भ्याक्सिन बेचिरहेका दुई स्वास्थ्यकर्मीलाई जनकपुरधामस्थित बसपार्कबाट पक्राउ गरेको हो । 

महोत्तरीस्थित महोत्तरी गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत पाँचौँ तहका स्वास्थ्य सहायक अजयकुमार साह र उनका सहयोगी कृष्णकुमार यादवलाई अख्तियारले पक्राउ गरेको हो । 

उनीहरूबाट जोनसन एन्ड जोनसन कम्पनीका ३ थान भ्याक्सिन र २० हजार रुपैयाँ बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 
नेपाल सरकारले १८ वर्षभन्दा माथिका सबै नगरिकलाई निःशुल्क दिँदै आएको कोरोनाविरुद्धको भ्याक्सिन उनीहरूले ५ हजारदेखि १५ हजारसम्ममा बेच्दै आएको सूचनाका आधारमा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई उनीहरूले भ्याक्सिन बेचेका थिए ।