१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २७ सोमबार o८:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

८८ अंकले घट्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २७ सोमबार o८:oo:oo

साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से सूचक घट्ने क्रमले निरन्तरता पाएको छ । आइतबार नेप्से ८८ दशमलव ७० अंकले घटेर दुई हजार तीन सय ६१ दशमलव २७ बिन्दुमा पुगेर थामिएको छ । सो दिन नेप्से दुई हजार चार सय ५४ बिन्दुबाट निरन्तर घटेको छ । यसअघि नेप्से सूचक ७ कात्तिक ०७७ मा दुई हजार तीन सयकै हाराहारीमा पुगेको थियो । 

पछिल्लो समय बजार घट्नुलाई लगानीकर्ताले सरकारले पुँजी बजारको क्षेत्रलाई वास्ता नगरेको बताउँदै आएका छन् । बजारमा अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच नीतिगत कुरामा मन बाँझिँदै आएको छ । अर्थ मन्त्रालयको पदभार ग्रहण गरेदेखि नै प्रत्यक्ष देखिने गरी सम्बन्ध सुमधुर हुन नसकेको देखिनु पनि एउटा कारण बनेको छ । अर्को कारण अर्थमन्त्रीजस्तो व्यक्तिले अर्थतन्त्रसम्बन्धी त्यति ज्ञान नभएको सार्वजनिक रूपमै बताउँदै आएका छन् । यस्ता किसिमका अभिव्यक्तिले पनि बजार घट्नुलाई सेन्टिमेन्ट प्रभावका रूपमा लिने गरिन्छ ।

त्यस्तै, सत्ता साझेदार नेकपा माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिले पनि आइतबार पुँजी बजारको क्षेत्रमा हलचल ल्याइदिएको छ । उनले पुँजी बजारमा लगानी गर्नु साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका छन् । उनले भने, ‘पुँजी बजारमा लगानी बढ्नु साम्राज्यवादको विकसित रूप हो । उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विशेषता भएको छ ।’

बजारलाई माथिका कुराले खासै लामो समय असर नगरे तापनि क्षणिक बजार घट्नुमा थप टेवा पुर्‍याउने गर्छ । आइतबारको बजारमा यसको प्रभाव परेको लगानीकर्ता बताउँछन् । लगानीकर्ता उमेशराज सिलवाल सत्ता साझेदार पूर्वप्रधानमन्त्रीले पुँजीविरुद्ध बोल्दा लगानीकर्तालाई ‘भावनात्मक’ प्रभाव पर्न गएको बताउँछन् । 

आइतबार एक सय ८१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने पाँचवटा कम्पनीको मूल्य मात्र बढेको छ । कारोबारमा आएका १३ वटा समूहका सूचकमा विकास बैंक, फाइनान्स, जीवन बिमा, निर्जीवन बिमा समूहका सूचक नकारात्मक बन्न पुगेका छन् । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले नकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । त्यस्तै, जानकी फाइनान्स, समता घरेलु लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभ्लोपर्स कम्पनीको सेयर मूल्यमा उच्च अंकले घटेको छ । उच्च अंकले घटेको नेप्सेमा युनिलिभर लघुवित्त वित्तीय संस्था, समता लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा झिनो अंकले  बढेको छ ।धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ कम्पनीको ७४ लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ ।

ad
ad
ad
ad